काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गायक तथा सर्जक भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
अधिवेशनमा रमेश सेञ्चुरीको अध्यक्षता रहेको थियो भने राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रिय समितिका अध्यक्ष प्रकाश कटुवाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
त्यसैगरी कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष जिवन परियार, बागमती प्रदेश अध्यक्ष दावा फिन्जो तामाङ, निर्वाचन संयोजक शंकर ढकाल लगायत कलाकार तथा पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पर्वते गायक तथा संगीतकार सुजन बराईलीले गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष भिम बहादुर पौडेलले धन्यवाद ज्ञापन गर्दै संघलाई आगामी दिनमा चुस्त–दुरुस्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लोकसंगीत तथा मौलिक कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राखिने बताए ।
उनका अनुसार केही हप्ताभित्र नवगठित कार्यसमितिको पहिलो बैठक बसेर आगामी योजनाबारे विस्तृत छलफल गरिनेछ ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी