गोरखा । गोरखा नगरपालिकाले पालिकाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न निर्देशन दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै आगामी जेठ १९ गतेभित्र अनुमति बिना निर्माण गरिएका संरचना हटाउन सम्बन्धित सबैलाई निर्देशन दिएको हो ।
नगरपालिकाका अनुसार सरकारी तथा सार्वजनिक जग्गा, नदी तथा खोलाको बहाव क्षेत्र, ऐलानी तथा पर्ती जग्गामा बिना अनुमति निर्माण गरिएका संरचना हटाउन भनिएको छ ।
पालिकाभित्र रहेका १२० घरधुरी भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र ४५१ घरधुरी अव्यवस्थित बसोबासीहरूको व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउने प्रयोजनमा राष्ट्रिय भूमि समस्या समाधान आयोग, जिल्ला समिति गोरखामा विवरण पठाइसकिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको यही वैशाख २५ गते बसेको कार्यपालिका बैठकले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण गर्ने निर्णय गरेको थियो ।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख १७ गते सबै स्थानीय तहलाई सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्न परिपत्र जारी गरेको थियो ।
गोरखा नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नगर्न तथा जोखिमपूर्ण स्थानमा बसोबास नगर्न पनि पालिकाबासीलाई अनुरोध गरेको छ ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी