गोरखा । विश्वको आठौँ तथा नेपालको सातौँ अग्लो हिमाल मनास्लु हिमालमा मानव आरोहण सुरु भएको ७० वर्ष पूरा भएको छ । यस अवधिमा हालसम्म ३ हजार ६४३ आरोहीले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ ।
सन् १९५६ मे ९ मा पहिलो पटक जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले ८,१६३ मिटर अग्लो मनास्लु हिमालमा सफल आरोहण गर्दै मानव पाइला राखेका थिए ।
त्यसपछि सन् १९७३ अप्रिल २२ मा पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लु हिमालको सफल आरोहण गरेका थिए ।
मनास्लु आरोहणको ७० वर्ष पूरा भएको अवसरमा गोरखा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ । नेपाल पर्वतारोहण संघ, मनास्लु संरक्षण क्षेत्र आयोजना र चुमनुब्री गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा प्रथम आरोहीहरूको सम्मानसमेत गरिएको हो ।
कार्यक्रममा जापानी आरोही तोसियो इमानिसी र नेपाली आरोही उर्केन छिरिङ शेर्पाको सालिक अनावरण गरिएको थियो ।
सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा लगायतले प्रथम आरोहीका परिवारका सदस्यहरूलाई सम्मान गरेका थिए ।
सम्मानित हुनेहरूमा तोसियो इमानिसीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसी तथा उर्केन छिरिङ शेर्पाका छोरा छिरिङ शेर्पा रहेका छन् ।
त्यस्तै, चुमनुब्री–१ सामागाउँका प्रथम स्थानीय आरोही मिङ्मार छिरिङ लामा तथा अन्य आरोहीहरू नाङ्स्याल छेदेन र डिकी लामालाई पनि सम्मान गरिएको थियो ।
यसै अवसरमा पोखरामा आयोजित कार्यक्रममा मनास्लु हिमालको थ्रीडी फोटो सार्वजनिक गरिएको नेपाल पर्वतारोहण संघले जनाएको छ ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण