गोर्खाली गायक हरिराम परियारले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सेवाभावस्वरूप अध्ययन गरेको विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
सिरान्चोक गाउँपालिका वडा नं. ६ मा अवस्थित श्री सन्सारी महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत १२० जना विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकाजी श्रेष्ठ, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
गायक परियारले आफू अध्ययन गरेको विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए। जन्मदिने आमाको हातबाट विद्यार्थीहरूलाई सामग्री वितरण गर्न पाउँदा आफू झन् उत्साहित भएको उनको भनाइ थियो।
बाल्यकालमा भोगेका कठिनाइ र अभावलाई स्मरण गर्दै उनले विद्यार्थीहरूलाई सहयोग गर्ने प्रेरणा प्राप्त भएको बताए। आफ्नो जन्मदिन वैशाख ३ गते भए पनि विद्यालय बन्द भएकाले विद्यालय खुलेपछि सहयोग गरेको उनले स्पष्ट पारे।
लोक तथा दोहोरी गीत क्षेत्रमा लोकप्रिय परियार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति गोरखाका पूर्व अध्यक्ष समेत हुन्। रेडियोमार्फत सञ्चार क्षेत्रमा प्रवेश गर्दै गायकका रूपमा स्थापित भएका परियारका दर्जनौं गीतहरू सार्वजनिक भइसकेका छन्।
पूर्व विद्यार्थीले गरेको यस प्रकारको सहयोगप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ। प्रधानाध्यापक रामकाजी श्रेष्ठले परियारको सामाजिक योगदानको खुलेर प्रशंसा गरेका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण