काठमाडौं: क्लाउड मुन रेस्टुरेन्ट सामाखुशीस्थित सिटी स्क्वायर मलको बेसमेन्टमा सञ्चालनमा आएको छ। अत्याधुनिक प्रविधि, आकर्षक सजावट तथा गुणस्तरीय सेवा–सुविधासहित सञ्चालनमा आएको उक्त रेस्टुरेन्ट छोटो समयमै ग्राहकहरूको रोजाइ बन्न सफल भएको छ।
पूर्ण पारिवारिक वातावरणलाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको रेस्टुरेन्टमा नेपाली, भारतीय लगायत विभिन्न देशका परिकारहरू उपलब्ध छन्। सञ्चालकका अनुसार ग्राहकलाई सुलभ मूल्यमा हाइजेनिक तथा गुणस्तरीय खाना उपलब्ध गराउने उद्देश्यका साथ सेवा सुरु गरिएको हो।
झन्डै ७० लाखदेखि १ करोड रुपैयाँसम्मको लगानीमा निर्माण गरिएको रेस्टुरेन्टमा हाल १८ जना कर्मचारी कार्यरत रहेका छन्। साथै, अनलाइन बुकिङको सुविधा उपलब्ध गराइनुका साथै पठाओ फुडमाडौंमार्फत पनि सेवा प्रदान भइरहेको छ।
रेस्टुरेन्टको मुख्य आकर्षण भनेको बादल र चन्द्रमाको झल्को दिने विशेष सजावट हो। कपास, आकर्षक लाइटिङ तथा आधुनिक डेकोरेशनको संयोजनले यहाँको वातावरण निकै मनमोहक र लोभलाग्दो बनेको छ। सञ्चालकहरूले दाबी गरेअनुसार यस्तो अवधारणाको सजावट नेपालमै पहिलोपटक प्रयोग गरिएको हो।
रेस्टुरेन्टमा एकैपटक करिब ७० जना पाहुनालाई सेवा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ। साथै, परिवारसहित रमाइलो वातावरणमा समय बिताउन सकिने विशेष सुविधा पनि रहेको सञ्चालकले बताएका छन्।
हरेक हप्ताको शुक्रबार र शनिबार लाइभ म्युजिकको विशेष व्यवस्था गरिएकाले ग्राहकहरूलाई खानासँगै मनोरञ्जनको अनुभवसमेत मिल्ने गरेको छ।
विशेषगरी टिकटकमा रेस्टुरेन्टको भिडियो भाइरल भएपछि यहाँ आउने ग्राहकहरूको संख्या एकाएक बढेको छ। अहिले रेस्टुरेन्टमा दैनिक रूपमा पाहुनाहरूको अत्यधिक भिडभाड देख्न सकिन्छ।
छोटो समयमै लोकप्रिय बनेको ‘क्लाउड मुन रेस्टुरेन्ट’ खानाका पारखीहरूका लागि नयाँ आकर्षणको केन्द्र बन्दै गएको छ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण