logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

उपत्यकामा ड्राइभिङ प्रशिक्षणको विश्वासिलो केन्द्र बन्दै मातृभूमि ड्राइभिङ सेन्टर

उपत्यकामा ड्राइभिङ प्रशिक्षणको विश्वासिलो केन्द्र बन्दै मातृभूमि ड्राइभिङ सेन्टर


  • सोमबार, जेष्ठ ४ २०८३
  • 2.9K
    SHARES

    काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–८, गोल्फुटारस्थित मातृभूमि ड्राइभिङ सेन्टरले प्रभावकारी, व्यवहारिक तथा गुणस्तरीय ड्राइभिङ प्रशिक्षणमार्फत युवायुवतीहरूको विश्वास जित्दै उपत्यकाकै उत्कृष्ट प्रशिक्षण केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गर्दै गएको छ।

    शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पछाडि शान्त, सुरक्षित तथा फराकिलो वातावरणमा सञ्चालन भइरहेको उक्त सेन्टरमा अनुभवी तथा दक्ष प्रशिक्षकमार्फत व्यवहारिक रूपमा ड्राइभिङ प्रशिक्षण प्रदान गरिँदै आएको छ। सेन्टरका अनुसार सवारी सञ्चालनका आधारभूत ज्ञानदेखि लाइसेन्स ट्रायलका लागि आवश्यक सम्पूर्ण अभ्यास व्यवस्थित रूपमा गराइने भएकाले प्रशिक्षार्थीहरूलाई ट्रायल उत्तीर्ण गर्न सहज हुने विश्वास लिइएको छ।

    नेपाल सरकारले निर्धारण गरेको ट्रायल सेन्टरकै मापदण्डअनुसार निर्माण गरिएको ट्रायल ट्र्याकमा अभ्यास गराइने भएकाले प्रशिक्षार्थीहरूले वास्तविक ट्रायलको अनुभव प्राप्त गर्न सक्ने सेन्टरले जनाएको छ। फराकिलो तथा छुट्टै वातावरणमा नियमित अभ्यास गराइने भएकाले काठमाडौं, भक्तपुर तथा ललितपुरबाट आउने प्रशिक्षार्थीहरूको आकर्षण बढ्दो रहेको बताइएको छ।

    मातृभूमि ड्राइभिङ सेन्टरका सञ्चालक लक्ष्मण नेपालले सुरक्षित तथा जिम्मेवार चालक उत्पादन गर्नु सेन्टरको मुख्य उद्देश्य रहेको बताए। उनले व्यवहारिक सीपमार्फत युवाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ गुणस्तरीय प्रशिक्षणलाई प्राथमिकता दिइएको जानकारी दिए।

    उनका अनुसार हाल ड्राइभिङ प्रशिक्षण लिन आउने सम्पूर्ण प्रशिक्षार्थीहरूका लागि २० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको छ। साथै, एसईई परीक्षा दिएका विद्यार्थीहरू तथा प्लस–टु अध्ययनरत युवायुवतीहरूलाई विशेष प्राथमिकतासहित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

    यसैबीच, टाढाबाट आउने प्रशिक्षार्थीहरूका लागि होटलसहित खान–बस्नको सुविधा नि:शुल्क उपलब्ध गराइएको सेन्टरले जनाएको छ। “सिप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने उद्देश्यसहित सञ्चालन भइरहेको मातृभूमि ड्राइभिङ सेन्टरले इच्छुक व्यक्तिहरूलाई समयमै भर्ना भई अवसरको लाभ लिन आग्रह गरेको छ।

    “मैले मातृभूमि ड्राइभिङ सेन्टरमा ड्राइभिङ प्रशिक्षण लिइरहेको छु। यहाँको प्रशिक्षण विधि व्यवहारिक तथा सहज रूपमा बुझिने छ। प्रशिक्षकहरूले धैर्यपूर्वक र व्यवस्थित ढंगले सिकाउने भएकाले आत्मविश्वास बढेको छ र ट्रायलका लागि राम्रो तयारी भइरहेको छ,” प्रशिक्षण लिँदै गरेका एक प्रशिक्षार्थीले बताए।

    थप जानकारी तथा भर्नाका लागि इच्छुक व्यक्तिहरूले मातृभूमि ड्राइभिङ सेन्टर, बुढानीलकण्ठ नगरपालिका–८, गोल्फुटार, काठमाडौं (शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पछाडि) मा सम्पर्क गर्न सक्नेछन्। साथै, थप जानकारीका लागि 9851326111 तथा 9851034385 नम्बरमा सम्पर्क गर्न सेन्टरले अनुरोध गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page