गोरखा — भीमसेनथापा गाउँपालिकाले पालिकाभित्र फोहोर व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन नयाँ नियम लागू गरेको छ। अबदेखि सार्वजनिक स्थान, सडक, बाटोघाटो तथा तोकिएको संकलन केन्द्र बाहिर नकुहिने फोहोर फालेको पाइएमा रु. ४,००० जरिवाना गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै उक्त व्यवस्था तत्काल प्रभावबाट लागू हुने स्पष्ट पारेको छ। पालिकाले नकुहिने फोहोर व्यवस्थापन कार्यक्रमअन्तर्गत मासिक रूपमा संकलन गर्ने प्रणाली लागू गर्ने, साथै संकलनको मिति, समय र रुट समेत निर्धारण गरी व्यवस्थित रूपमा कार्यान्वयन गर्ने जनाएको छ।
पालिकाले फोहोरलाई दुई समूहमा वर्गीकरण गरी छुट्टाछुट्टै व्यवस्थापन गर्न अनुरोध गरेको छ, जसअन्तर्गत धातु, प्लास्टिक, रबर तथा कागजजन्य फोहोर एक समूहमा र काँच, सिसा, टिन, किलाकाँटी, ब्लेड लगायत धारिलो तथा अति संवेदनशील फोहोर अर्को समूहमा राखेर व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ।
गाउँपालिकाका अनुसार यस्ता अव्यवस्थित फोहोरले माटोको उर्वराशक्ति नष्ट गर्ने, पानीका स्रोतहरू दूषित पार्ने तथा मानव स्वास्थ्य, पशुपंक्षी र समग्र वातावरणमा गम्भीर असर पार्ने भएकाले नियन्त्रणका लागि यो कदम चालिएको हो।
पालिकाले सबै नागरिकलाई तोकिएको नियम पालना गर्दै स्वच्छ, सुरक्षित र स्वस्थ वातावरण निर्माणमा सहयोग गर्न अनुरोध गरेको छ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी