गोरखा, — गोरखाको अजिरकोट गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ। गत शनिबार आयोजित एक विशेष कार्यक्रममा पालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।
गाउँपालिकाका जनस्वास्थ्य अधिकृत सुरेश दवाडीका अनुसार १६ देखि २३ महिनाभित्रका बालबालिकाले १५ महिनाभित्र अनिवार्य रूपमा लगाउनुपर्ने सबै खोप समयमै लगाएको तथा १५ महिनामुनिका बालबालिकाले पनि नियमित खोप सेवा लिएको सुनिश्चित भएपछि यो घोषणा गरिएको हो।
उनका अनुसार घरधुरी सर्वेक्षणमार्फत बालबालिकाहरूले खोप लगाएको अवस्था, छुट भएको वा नभएको विस्तृत रूपमा जाँच गरिएको थियो। “बालबालिकाले लगाउनुपर्ने सबै खोप लिएको पाइएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो,” दवाडीले बताए।
पालिकाभित्र रहेका पाँच वटै वडालाई यसअघि नै पूर्ण खोप वडा घोषणा गरिएसँगै समग्र अजिरकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष मोहनबहादुर थापाको उपस्थिति रहेको थियो।
स्वास्थ्य कार्यालयका अनुसार १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप पाए नपाएको नियमित रूपमा अनुगमन गरिँदै आएको छ। छुटेका बालबालिकालाई पुनः खोप लगाउने व्यवस्था समेत गरिन्छ।
स्थानीय तहहरूले छुटेका बालबालिकाको पहिचान गरी खोप सेवा उपलब्ध गराएपछि सो विवरण जिल्ला हुँदै प्रदेश र संघीय तहमा पठाइन्छ। त्यसपछि सम्बन्धित निकायले ‘पूर्ण खोप सुनिश्चितता जिल्ला’ लगायतका घोषणा प्रक्रिया पूरा गर्ने गरिन्छ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी