गोरखा: गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरको सहजीकरणमा तालिम सम्पन्न भएको हो।
गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन सञ्चालन गरिएको उक्त तालिममा कानुन निर्माण प्रक्रिया, व्यवसाय तथा संघसंस्था दर्ता प्रक्रिया, कार्यालयको टिप्पणी तथा प्रतिवेदन लेखन लगायतका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।
गाउँपालिकाका इन्जिनियर मेघन यादवका अनुसार संघीय सरकारका निवर्तमान कानुन सचिव राजीव गौतमले कानुनी प्रक्रिया सम्बन्धी प्रस्तुतीकरण गरेका थिए।
त्यसैगरी गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव नवराज शर्माले सार्वजनिक खरिद ऐन तथा आर्थिक कार्यविधि, इलेक्ट्रोनिक बोलपत्र प्रणाली, बोलपत्र मूल्यांकन तथा स्वीकृति, भेरिएसन, नापी किताब, कर तथा भुक्तानी प्रक्रिया लगायतका विषयमा सहजीकरण गरेका थिए।
तालिममार्फत जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि भई सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी