logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

गोरखामा रासायनिक मल व्यवस्थापन सम्बन्धी जिल्लास्तरीय छलफल सम्पन्न

गोरखामा रासायनिक मल व्यवस्थापन सम्बन्धी जिल्लास्तरीय छलफल सम्पन्न


  • बुधबार, बैशाख ३० २०८३
  • 84
    SHARES

    गोरखा — रासायनिक मलको बिक्री, वितरण तथा व्यवस्थापन सम्बन्धी जिल्लास्तरीय छलफल गोरखामा सम्पन्न भएको छ।

    कृषि विकास कार्यालय गोरखाको आयोजनामा सम्पन्न छलफलमा जिल्लामा देखिएको रासायनिक मल अभाव, माग तथा आपूर्तिको वर्तमान अवस्था र आगामी व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको कार्यालय प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए।

    छलफलमा स्थानीय तहका मल वितरण व्यवस्थापन समितिहरूले पालिकामा मल अभाव रहेको गुनासो राखेका थिए। हाल जिल्लामा मलको अभाव रहेको र तत्काल आपूर्तिको अवस्था पनि सहज नरहेको बताइएको छ।

    किसानहरूले युरिया मलको अत्यधिक प्रयोगका कारण पनि अभाव बढेको तथा माटोको सन्तुलनमा असर परेको विषयमा छलफल भएको थियो।

    कार्यक्रममा रासायनिक मलको कोटा वृद्धि गर्न प्रदेश सरकारलाई पहल गर्ने निर्णय गरिएको छ। साथै, आगामी दिनमा प्रत्येक पालिकामा मलको प्रयोग, प्रकार र उचित व्यवस्थापनबारे अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।

    साथै, प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्ने र ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ सम्बन्धी विषयमा समेत छलफल गरिएको जनाइएको छ।

    स्थानीय तह मल वितरण व्यवस्थापन समितिको भूमिका अझ प्रभावकारी र पारदर्शी बनाउनुपर्नेमा समेत जोड दिइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page