logo

आइतबार, साउन १७ २०८३

kantipurpationlinetv

२०८३ साउन १७ आइतबार

सानिमा बैंकद्वारा गोरखा अस्पताललाई पेडियाट्रिक बेड सहयोग

सानिमा बैंकद्वारा गोरखा अस्पताललाई पेडियाट्रिक बेड सहयोग


  • सोमबार, जेष्ठ ४ २०८३
  • 1.6K
    SHARES

    गोरखा — सानिमा बैंक शाखा कार्यालय गोरखाले गोरखा सदरमुकामस्थित प्रदेश अस्पताल गोरखालाई ५ वटा पेडियाट्रिक (बालबालिका) बेड सहयोग गरेको छ।

    सोमबार आयोजित एक कार्यक्रमका बीच बैंकले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकाललाई उक्त सामग्री हस्तान्तरण गरेको हो।

    बैंकका प्रबन्धक प्रविण न्यौपानेका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत बालबालिकाको स्वास्थ्य उपचार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले आवश्यक मापदण्ड अनुसारका पाँच वटा आधुनिक पेडियाट्रिक बेड उपलब्ध गराइएको हो।

    उक्त सहयोगले अस्पतालको बाल उपचार सेवामा सेवा प्रवाह अझ सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page