गोरखा — अजिरकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गामा अनुमति बिना निर्माण गरिएका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालय, भच्चेकले जारी गरेको सूचनामा सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका घर, टहरा तथा अन्य संरचना सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउन सम्बन्धित सबैलाई निर्देशन दिइएको छ।
गाउँपालिकाको मिति २०८३ वैशाख ३१ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार उक्त सूचना जारी गरिएको हो।
तोकिएको समयभित्र अतिक्रमण गरिएका संरचना नहटाइएमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरिने गाउँपालिकाले स्पष्ट पारेको छ।
पालिकाले सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षणमा सबै सरोकारवालालाई सहयोग गर्न समेत आग्रह गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी