काठमाडौं: काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत डिएसपी सुनीलजंग शाह वैशाख महिनाका उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन्।
विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, साहस र व्यावसायिक दक्षतासहित कर्तव्य निर्वाह गरेको मूल्यांकनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार डिएसपी शाहले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सरल, सहज र सुरक्षित बनाउन उल्लेखनीय योगदान दिएका छन्। साथै सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रण, परिणाममुखी प्रहरी सेवा प्रवाह, ट्राफिक सचेतना अभिवृद्धि र सडक सुरक्षा प्रवर्द्धनमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
उनले आफूलाई दिइएको जिम्मेवारी अनुशासित, पारदर्शी र त्रुटिरहित ढंगबाट सम्पन्न गरेको भन्दै कार्यालयले उनको कार्यको प्रशंसा गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी