भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले सम्हालेका छन् । बुधबार आयोजित कार्यक्रममा निवर्तमान प्रहरी प्रमुख एसपी गोविन्द पुरीले पौडेललाई औपचारिक रूपमा कमाण्ड हस्तान्तरण गरेका हुन् ।
यससँगै प्रहरी प्रधान कार्यालय नक्साल सरुवा भएका एसपी पुरीलाई बिदाइ गरिएको छ । कार्यक्रममा प्रहरी अधिकृत तथा कर्मचारीहरूले पुरीको कार्यकालको प्रशंसा गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका थिए ।
एसपी पुरी चितवनमा रहँदा शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा प्रहरी–नागरिक सम्बन्ध सुधारमा सक्रिय भूमिका निर्वाह गरेको सहभागीहरूले बताएका थिए ।
नयाँ प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका एसपी पौडेललाई कार्यक्रममा स्वागत गरिएको थियो । सहभागीहरूले उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
पदभार ग्रहणपछि एसपी पौडेलले जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने तथा नागरिकको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले कार्यसम्पादन र नतिजाका आधारमा प्रहरी कर्मचारीको मूल्यांकन गरिने उल्लेख गर्दै संगठनभित्र व्यावसायिकता, अनुशासन र जिम्मेवारीलाई थप मजबुत बनाइने बताए ।
‘जनताले अनुभूति गर्ने गरी प्रभावकारी र नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनेछौं,’ एसपी पौडेलले भने ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण