गोरखा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटी लाई प्रतिनिधिसभा निर्वाचनमा जिताउन सक्रिय भूमिका निर्वाह गरेका कमल बोगटी सिरानचोक गाउँपालिका वडा नम्बर ३ को प्रथम वडा अधिवेशनबाट सभापतिमा निर्वाचित भएका छन्।
आज हर्मीभञ्ज्याङमा सम्पन्न अधिवेशनबाट बोगटीको नेतृत्वमा १३ सदस्यीय वडा कार्यसमिति गठन गरिएको हो। अधिवेशनबाट लक्ष्मी ढकाल उपसभापति, मीनबहादुर सुनार सचिव तथा टिकादत्त ढकाल सहसचिवमा निर्वाचित भएका छन्। यस्तै सदस्यहरूमा बालकुमार श्रेष्ठ, भिमा गुरुङ, रिता बोगटी, लक्ष्मण गुरुङ, बलबहादुर मक्राती, जैनब खातुन, चतुर्भुज सापकोटा, बिमल परियार र संगीता अधिकारी चयन भएका छन्।
स्थानीय तहमा पार्टी संगठन सुदृढ बनाउन सक्रिय रहेका बोगटीलाई कार्यकर्ताले सर्वसम्मत रूपमा सभापतिमा चयन गरेका हुन्। प्रतिनिधिसभा निर्वाचनका क्रममा कविन्द्र बुर्लाकोटीको पक्षमा निरन्तर खटिएको योगदानको उच्च मूल्यांकन गर्दै वडा नम्बर ३ का स्थानीयवासी तथा कार्यकर्ताले उनलाई नेतृत्वको जिम्मेवारी दिएका हुन्।
नवनिर्वाचित सभापति बोगटीले पार्टीको संगठन विस्तार, जनताको विश्वास कायम राख्ने तथा वडास्तरमा रास्वपालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी