काठमाडौं — नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा उज्वलजंग पराक्रम शाह निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको पाँचौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट शाह उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन्।
अधिवेशनबाट शाहसँगै दुर्गाराज श्रेष्ठ र राजेन्द्र शेरचन पनि निर्विरोध निर्वाचित भएका छन्। यसैगरी संघको अध्यक्षमा रमानाथ श्रेष्ठ निर्विरोध चयन भएका छन्।
उपाध्यक्षमा निर्वाचित भएपछि शाहले साना तथा मझौला व्यवसायीका हकहितका लागि प्रभावकारी रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कर, प्रशासनिक झन्झट, लगानी असुरक्षा तथा बजार व्यवस्थापनका समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउने आफ्नो प्राथमिकता रहने बताए।
“काठमाडौं जिल्लाभित्रका साना तथा मझौला व्यवसायी विभिन्न चुनौतीसँग संघर्ष गरिरहेका छन्। उनीहरूको आवाजलाई संघमार्फत प्रभावकारी रूपमा उठाउने मेरो पहिलो प्राथमिकता हुनेछ,” शाहले भने।
उनले निजी क्षेत्र र सरकारबीच विश्वासको वातावरण निर्माण आवश्यक रहेको उल्लेख गर्दै व्यवसायीलाई अर्थतन्त्रका साझेदारका रूपमा हेर्नुपर्ने धारणा राखे। नयाँ नेतृत्व चयनसँगै संघले काठमाडौंका व्यवसायीका समस्या समाधान तथा आर्थिक गतिविधि सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण