गोर्खा: गोर्खाको पालुङ्गटार नगरपालिका–२ आँपपिपलस्थित जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको अध्यक्षमा इन्द्रराज भट्टराई चयन भएका छन्। काठमाडौंको वनस्थलीस्थित मदर्स बैंक्वेटमा जेठ ९ गते सम्पन्न बृहत् पूर्वविद्यार्थी भेलाले भट्टराईलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो।
समाजको नवगठित कार्यसमितिको उपाध्यक्षमा विकास वाग्ले, सचिवमा कल्पना बस्ताकोटी, सहसचिवमा जीवन बल्कुटी तथा कोषाध्यक्षमा अनिल परियार चयन भएका छन्। सदस्यहरूमा गीता मरट्टा, शितल श्रेष्ठ, दिपेन्द्र न्यौपाने र लक्ष्मीश्वर देवकोटा रहेका छन्।
नवनिर्वाचित अध्यक्ष भट्टराई लामो समयदेखि सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय व्यक्तिका रूपमा परिचित छन्। उनीसँग काठमाडौँ विश्वविद्यालयमा लामो समय प्राध्यापकको रूपमा कार्यरत रहेको अनुभव समेत छ।
२०४८ सालमा जनता माध्यमिक विद्यालय आँपपिपलबाट एसएलसी उत्तीर्ण गरेका भट्टराईले सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। उनले गोरखाका विभिन्न शैक्षिक संस्थाहरूमा तालिम तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्।
मोटिभेटिभ स्पिकरका रूपमा विभिन्न समुदायमा पुगेर सहजकर्ताको भूमिका निर्वाह गरेका भट्टराईले शिक्षक तालिम सञ्चालन गर्नुका साथै शैक्षिक संस्थाहरूमा उल्लेखनीय योगदान दिएका छन्।
नवनिर्वाचित अध्यक्ष भट्टराईले विद्यालयको शैक्षिक उन्नतिका लागि सक्रिय रूपमा काम गर्ने, विगत ४७ वर्षदेखि फैलिएका पूर्वविद्यार्थीहरूलाई एकताबद्ध बनाउने तथा विद्यालयसँगै समुदायको हितका निम्ति समेत काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण