पोखरा: पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्की को अध्यक्षमा पुनः जीवन गुरुङ निर्वाचित भएका छन् ।
पोखरामा आइतबार सम्पन्न संघको चौथो अधिवेशनबाट दुई वर्षे कार्यकालका लागि जीवन गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो । गुरुङ यसअघि पनि संघको नेतृत्व सम्हालिसकेका थिए ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विष्णु गुरुङ चयन भएका छन् । सचिवमा दिलु लामा मोक्तान पुनः दोहोरिएकी छन् भने सह–सचिवमा बबिता कार्की र कोषाध्यक्षमा भोजबहादुर गुरुङ निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा प्रकाश गुरुङ, मन बहादुर गुरुङ तथा अमिर शर्मा चयन भएका छन् । ११ सदस्यीय कार्यसमितिमा बाँकी ३ सदस्य भने पछि मनोनित गरिने जनाइएको छ ।
नवनिर्वाचित अध्यक्ष जीवन गुरुङले पोखरा क्षेत्रका लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी तथा कलाकारहरूको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले संस्थालाई थप सकारात्मक र प्रभावकारी ढंगले अगाडि बढाउने बताएका छन् ।
कोभिड महामारी र आर्थिक मन्दीपछि सुस्ताएको रात्रिकालीन दोहोरी व्यवसायलाई पुनः चलायमान बनाउन तथा नेपाली लोक संस्कृतिको संरक्षणमा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यवसायीहरूले गरेका छन् ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी