logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित

चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित


  • शनिबार, जेष्ठ १६ २०८३
  • 9.9K
    SHARES

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा आयोजित “ज्येष्ठ नागरिक सम्मान तथा शुभकामना साँझ–२०८३” कार्यक्रममा स्वास्थ्य सामाजिक अभियन्ता तथा दन्त स्वास्थ्यकर्मी सागर जोशी विशेष सम्मानबाट सम्मानित भएका छन्।

    स्वास्थ्य सेवा, समाजसेवा, सञ्चार क्षेत्र तथा सामाजिक जागरणका माध्यमबाट समाजमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो। वर्ल्ड वाइड मिडियाद्वारा प्रदान गरिएको सम्मानपत्रमा जोशीले स्वास्थ्य चेतना अभिवृद्धि, सामाजिक उत्तरदायित्व निर्वाह तथा मानव सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन खेलेको भूमिकाको उच्च मूल्यांकन गरिएको उल्लेख छ।

    थापागाउँ–बानेश्वरस्थित चिरायु डेन्ट केयरका सञ्चालक जोशी दन्त स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। उनले दन्त उपचारलाई व्यवसायिक सेवामात्र नभई सामाजिक सेवाका रूपमा अघि बढाउँदै आएका छन्।

    उनको नेतृत्वमा चिरायु डेन्ट केयरले आधुनिक प्रविधियुक्त उपचार सेवा, अनुभवी चिकित्सक टोली तथा बिरामीमैत्री वातावरणमार्फत छोटो समयमै सेवाग्राहीको विश्वास जित्न सफल भएको छ।

    जोशीले विशेषगरी आर्थिक रूपमा कमजोर वर्ग, ज्येष्ठ नागरिक तथा विभिन्न समुदायलाई लक्षित गर्दै निःशुल्क दन्त स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम तथा स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्दै आएका छन्। विद्यालय, समुदाय तथा संघसंस्थासँग सहकार्य गर्दै उनले मुख तथा दाँतको स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने कार्यमा निरन्तर योगदान दिँदै आएका छन्।

    स्वास्थ्य सेवासँगै सञ्चार तथा सामाजिक जागरणका क्षेत्रमा पनि सक्रिय जोशी विभिन्न सामाजिक अभियान र मानवीय सहयोगमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न निरन्तर क्रियाशील छन्।

    कार्यक्रममा वरिष्ठ लोकगायक कुमार बस्नेत प्रमुख अतिथि थिए भने समाजसेवी रामकृष्ण श्रेष्ठको सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा कलाकार, उद्यमी, स्वास्थ्यकर्मी तथा ज्येष्ठ नागरिकहरूलाई समेत सम्मान गरिएको थियो। चेतन राई र सपन श्रेष्ठ मल्टी ब्यान्डको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

    सम्मान ग्रहणपछि जोशीले यो सम्मानले आफूलाई स्वास्थ्य सेवा र समाजसेवामा अझ जिम्मेवार भएर सक्रिय रहन प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्। उनले आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक उत्तरदायित्व र जनचेतनामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page