logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

अव्यवस्थित इन्टरनेट तार व्यवस्थापन गर्न पालुङटार नगरपालिकाको निर्देशन

अव्यवस्थित इन्टरनेट तार व्यवस्थापन गर्न पालुङटार नगरपालिकाको निर्देशन


  • मंगलबार, जेष्ठ १२ २०८३
  • 91
    SHARES

    गोरखा । पालुङटार नगरपालिकाले नगर क्षेत्रमा जथाभावी झुण्ड्याइएका इन्टरनेट तार व्यवस्थापन गर्न सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ ।

    नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै विभिन्न ग्रामीण तथा बजार क्षेत्रमा विद्युत पोल तथा अन्य संरचनामा बिना अनुमति तार टाँग्ने, अव्यवस्थित रूपमा राख्ने तथा मापदण्डविपरीत विस्तार गर्ने कार्य बढेको जनाएको छ ।

    नगरपालिकाका अनुसार यसले नगर क्षेत्रको सौन्दर्यमा असर पारेको, दुर्घटनाको जोखिम बढाएको तथा स्थानीयवासीलाई असुविधा भएको गुनासो आउने गरेको छ ।

    नगरपालिकाले क्षेत्रभित्र सेवा सञ्चालन गरिरहेका सम्पूर्ण इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई विद्युत पोल तथा अन्य संरचनामा रहेका अव्यवस्थित तार १५ दिनभित्र व्यवस्थापन गर्न तथा जोखिमयुक्त र प्रयोगविहीन तार हटाउन निर्देशन दिएको छ ।

    यस्तै, नगरपालिका कार्यालयमा दर्ता नगरी सेवा सञ्चालन गरिरहेको पाइएकाले सम्बन्धित कम्पनीहरुलाई यथाशीघ्र दर्ता प्रक्रियामा आउन पनि आग्रह गरिएको छ । नगरपालिकाले दर्ता भएर मात्रै सेवा सञ्चालन गर्न चेतावनी दिएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page