गोरखा — सेवा र सुविधाका लागि युवाहरू शहर तथा विदेश पलायन हुने क्रम रोक्ने उद्देश्यले गोरखाको भीमसेनथापा गाउँपालिका ले सार्वजनिक स्थलहरूमा निःशुल्क वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाले गाउँका चोक, चौतारा, धार्मिक स्थल, पर्यटकीय क्षेत्र तथा बजार क्षेत्रमा ‘फ्रि वाइफाइ जोन’ बनाउने प्रक्रिया अघि बढाएको हो। टोल विकास संस्थाले सिफारिस गरेका स्थानहरूको अध्ययन गरी उपयुक्त ठाउँमा इन्टरनेट जडान गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराका अनुसार गाउँमा नियमित रूपमा मानिसहरू भेला हुने धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूलाई प्राथमिकतामा राखिनेछ। आवश्यक स्थानहरू छनोटका लागि टोल विकास संस्थाहरूबाट निवेदन माग गरिएको उनले बताए।
उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटअनुसार प्रमुख धार्मिक क्षेत्र, पार्क तथा बजार क्षेत्रमा फ्रि वाइफाइ जोन कार्यक्रम कार्यान्वयन गरिनेछ। पहिलो वर्ष आवश्यक प्रविधि जडान र सञ्चालनको जिम्मा गाउँपालिकाले लिनेछ।
तर, दोस्रो वर्षदेखि उक्त सेवा निरन्तर सञ्चालन गर्ने दायित्व सम्बन्धित टोल विकास संस्थाहरूलाई हस्तान्तरण गरिने गाउँपालिकाले स्पष्ट पारेको छ।
गाउँमै डिजिटल पहुँच विस्तार गर्दै स्थानीयलाई रोक्ने उद्देश्यसहित सुरु हुन लागेको यो कार्यक्रमले ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच बढाउने अपेक्षा गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी