logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

पत्नीसहित अमेरिकाबाट फर्किँदै गरेका गोरखा बारपाकका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु

पत्नीसहित अमेरिकाबाट फर्किँदै गरेका गोरखा बारपाकका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु


  • आइतबार, जेष्ठ १७ २०८३
  • 2.5K
    SHARES

    काठमाडौँ — अमेरिकाबाट पत्नीसहित नेपाल फर्किँदै गरेका गोरखा बारपाकका एक पुरुषको जहाजभित्रै मृत्यु भएको छ। टर्किस एयरलाइन्सको टिके–७२६ फ्लाइटमार्फत काठमाडौं आउँदै गरेका गोरखा बारपाक–२ घर भई काठमाडौं सामाखुशी बस्ने ७३ वर्षीय श्यामहरि मरहठ्ठाको उडानकै क्रममा मृत्यु भएको हो।

    आज बिहान ६ः३५ बजे काठमाडौं अवतरण गरेको विमानमा उनी अचेत अवस्थामा भेटिएका थिए। नेपाल प्रहरी अन्तर्गत गौशाला प्रहरीका अनुसार जाँचका क्रममा उनको मृत्यु भएको पुष्टि भएको हो।

    प्रहरीले दिएको जानकारीअनुसार मरहठ्ठा पत्नी कालिकासहित अमेरिकाबाट नेपाल फर्किँदै थिए। हाल शवको जाँच मुचुल्का प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page