काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा आधुनिक फेसनप्रति आकर्षण बढ्दै गइरहेका बेला ग्राहकहरूको रोजाइमा पर्न सफल भएको छ काठमाडौं सामाखुसी, टाउनप्लानिङ्ग गेटस्थित युनिभर्सल ड्रेस कोड टेलरिङ एण्ड शर्टिङ सुटिङ। विगत १४ वर्षदेखि टेलरिङ क्षेत्रमा सक्रिय यस संस्थाले गुणस्तरीय कपडा, आधुनिक डिजाइन र दक्ष कालीगढमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।
यहाँ भारतीय तथा थाइल्याण्डका उच्च गुणस्तरका कपडाहरू उपलब्ध हुनुका साथै ग्राहककै चाहना र डिजाइनअनुसार कोट–पाइन्ट, सुट तथा विभिन्न पोशाकहरू तयार गरिन्छ। पार्टी, विवाह, व्रतबन्ध, स्कुल–कलेज तथा अफिस प्रयोजनका ड्रेसहरू अत्याधुनिक डिजाइनमा तयार गरिने भएकाले पछिल्लो समय युवापुस्तादेखि सबै उमेर समूहका मानिसहरूको आकर्षण बढ्दो छ।
टेलरिङ सेन्टरमा विश्वप्रसिद्ध इटालियन ब्रान्डहरू जस्तै Loro Piana, Siyaram, Raymond तथा Lord and Tailor सहित स्वदेशी तथा विदेशी ब्रान्डका कोटहरू रु. ६ हजार ४ सय ९९ देखि रु. ६० हजारसम्ममा उपलब्ध छन्। विशेषगरी कोट–पाइन्ट सिलाउँदा टाइ निःशुल्क प्रदान गरिने व्यवस्था समेत गरिएको छ। आफ्नै कारखाना रहेको यस टेलरिङ सेन्टरले ग्राहकको चाहनाअनुसार फेसन डिजाइनका पोशाकहरू छोटो समयमै तयार गर्दै आएको छ।
मोबाइलमै फोटो देखाएर पनि आधुनिक डिजाइनका कपडाहरू तयार गरिने सुविधा उपलब्ध रहेको सञ्चालकले बताएका छन्। नेपालीहरूको मौलिक राष्ट्रिय पोशाक दौरा–सुरुवाल, ढाका टोपी, कुर्ता–पाइजामा, जुवारी कोट, हाफ कोट लगायतका पोशाकहरू समेत यहाँ तयार गरिन्छ। नेपालमै उत्पादन भएका ढाका कपडाबाट बेहुला सेट तथा दौरा–सुरुवाल निर्माण गरिनु यस टेलरको अर्को विशेषता हो। समूहमा आउने ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ भने विवाह तथा व्रतबन्धका लागि स्पेसल कोट–पाइन्ट सिलाउने ग्राहकलाई १० प्रतिशत छुट प्रदान गरिँदै आएको छ।
इमर्जेन्सी परेको अवस्थामा अर्डर गरेको २४ घण्टाभित्रै सुट तयार गरी ग्राहकसम्म पुर्याइने सुविधा समेत उपलब्ध छ। साथै काठमाडौँ उपत्यकाभित्र निःशुल्क होम डेलिभरीको व्यवस्था गरिएको छ। व्यस्तताका कारण पसलसम्म पुग्न नसक्ने ग्राहकहरूका लागि घरमै पुगेर अर्डर लिने सेवा समेत सञ्चालन गरिएको छ। अफिस तथा कलेजहरूको आवश्यकता अनुसार ग्राहककै लोकेसनमा पुगेर सेवा दिने व्यवस्था गरिएको सञ्चालकले जानकारी दिएका छन्।
टेलरिङ सेन्टरका सञ्चालक रोशन तिखत्रीले बढ्दो महँगीलाई मध्यनजर गर्दै निम्न तथा मध्यम वर्गका ग्राहकहरूले समेत सहज मूल्यमा गुणस्तरीय पोशाक लगाउन सकून् भन्ने उद्देश्यले रु. ६४९९ मै कोट–पाइन्ट तयार गरिरहेको बताए। रोशन तिखत्री नेपाली गीत–संगीत क्षेत्रमा समेत सक्रिय गायक तथा सर्जकका रूपमा परिचित छन्। उनले लामो समयदेखि टेलरिङ व्यवसाय सञ्चालन गर्दै आएका छन्।
नेपालका चर्चित कलाकार, राजनीतिज्ञ, पत्रकार तथा सामाजिक व्यक्तित्वहरू समेत आफ्नो रोजाइअनुसारका पोशाक सिलाउन यस टेलरमा आउने गरेका छन्। चर्चित गायकहरू राजु परियार, बालचन्द्र बराल, सुमन परियार, श्याम राना तथा प्रकाश सपुत लगायतका कलाकारहरूको समेत रोजाइमा यो टेलरिङ सेन्टर पर्दै आएको बताइएको छ। त्यसैगरी बालेन्द्र शाहले प्रयोग गरेको कोट, ढाका टोपी तथा दौरा–सुरुवाल समेत यस टेलरिङ सेन्टरमा उपलब्ध रहेको सञ्चालकको दाबी छ।
गुणस्तरीय सेवा, आधुनिक डिजाइन, सुलभ मूल्य र ग्राहकप्रतिको विश्वासकै कारण युनिभर्सल ड्रेस कोड टेलरिङ एण्ड शर्टिङ सुटिङ आज काठमाडौँ उपत्यकामा लोकप्रिय टेलरिङ सेन्टरका रूपमा स्थापित हुँदै गएको छ।

-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण