गोरखा: पालुङटार नगरपालिकाले २०८३ सालभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रमलाई तीव्रता दिएको छ। सबै वडामा बालसञ्जाल तथा बालक्लव गठन गरिसकेको नगरपालिकाले हाल सरोकारवालाहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका अनुसार वडा नं. ५ मा अभिमुखीकरण सम्पन्न भएसँगै सबै वडामा उक्त अभियान पूरा भएको हो। कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, विद्यालय, टोल विकास संस्था, महिला समूह, सहकारी, युवाक्लव तथा बालक्लवका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अभिमुखीकरणमा बाल बचाउ, बाल संरक्षण, बाल सहभागिता, बालअधिकार सुनिश्चितता तथा बालमैत्री घर र विद्यालय निर्माणका विषयमा सहजीकरण गरिएको नगरपालिकाले जनाएको छ। साथै सामाजिक कुरीति, छुवाछुत, दाइजो प्रथा र लैङ्गिक हिंसाबारे बालबालिकालाई सचेत गराउने विषयमा पनि छलफल गरिएको थियो।
बालबालिकामार्फत यस्ता कार्यक्रम सञ्चालन गर्दा नेतृत्व विकासमा टेवा पुग्ने र जिम्मेवार नागरिक निर्माणमा सहयोग पुग्ने नगरपालिकाको विश्वास छ। बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसार रहेका ५१ सूचक कार्यान्वयनका लागि आवश्यक नीति निर्माणको काम समेत सम्पन्न भइसकेको जनाइएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण