काठमाडौँ — पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घनमा गरिएको कारबाहीबाट राज्यकोषमा २७ लाख ३६ हजार ५ सय १ रुपैयाँ राजस्व दाखिला भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा कुल २ हजार ९३ सवारीचालकलाई विभिन्न ट्राफिक नियम उल्लङ्घनका कारण कारबाही गरिएको हो।
कारबाही परेकामध्ये मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ९२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १६९ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४१ जना र तीव्र गतिमा सवारी चलाउने १०१ जना रहेका छन्।
त्यस्तै, लेन अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा पार्किङ गर्ने १०५ र एकतर्फी सडकमा सवारी चलाउने १२९ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ। अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार ९८२ जनालाई समेत कारबाही गरिएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षा र अनुशासन कायम गर्न नियमित चेकजाँच तथा कडाइका साथ कारबाही अभियान सञ्चालन गर्दै आएको जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण