logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, काठमाडौं र ललितपुरमा प्रमुख फेरिए

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, काठमाडौं र ललितपुरमा प्रमुख फेरिए


  • मंगलबार, जेष्ठ १९ २०८३
  • 3.4K
    SHARES

    काठमाडौं — नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ। सरुवा निर्णयअनुसार काठमाडौं र ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख पनि परिवर्तन भएका छन्।

    सरुवा सूचीअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा दिलिप घिमिरेलाई नियुक्त गरिएको छ। घिमिरे यसअघि प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागमा कार्यरत थिए। काठमाडौंका एसएसपी रमेश थापालाई प्रहरी प्रधान कार्यालयअन्तर्गत अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको छ।

    त्यस्तै, जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा तुल बहादुर कार्कीलाई पठाइएको छ भने हालका प्रमुख होबिन्द्र बोगटीलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।

    लागुऔषध नियन्त्रण ब्यूरोको प्रमुखमा सुवास चन्द्र बोहरा, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शान्तिराज कोइराला र मानव बेचबिखन ब्यूरोमा नकुल पोखरेललाई सरुवा गरिएको छ।

    त्यसैगरी गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा सञ्जय सिंह थापा, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा शिवकुमार श्रेष्ठ, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा विरबहादुर बुढामगर र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा दयानिधि ज्ञवालीलाई सरुवा गरिएको छ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत नवराज अधिकारीलाई साइबर ब्यूरोमा काज सरुवा गरिएको छ भने प्रभु ढकाललाई मधेस प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ।

    नेपाल प्रहरीले संगठन सुदृढीकरण र सेवा प्रभावकारिता बढाउने उद्देश्यले नियमित सरुवा गरिएको जनाएको छ।

    यस्ती छ अरु सरुवाको विवरण:


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page