गोरखा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोरखाका सबै पालिकाहरूमा पालिकास्तरीय अधिवेशन सम्पन्न गरेको छ। सोमबारसम्म जिल्लाका सबै स्थानीय तहमा कार्यसमिति गठन भइसकेको पार्टीले जनाएको छ।
गोरखा नगरपालिकाको सभापतिमा शिशुबाबु प्रधान (शिशिर) चयन भएका छन् भने पालुङटार नगरपालिकामा आनन्दराज पाण्डे सभापति बनेका छन्। चुमनुब्री गाउँपालिकामा धावा ग्याल्जेन लामाको नेतृत्वमा समिति गठन गरिएको छ।
यस्तै गण्डकी गाउँपालिकामा नवीन देवकोटा, सहिद लखन गाउँपालिकामा पुष्पाखर लामिछाने र भिमसेनथापा गाउँपालिकामा रामचन्द्र पोखरेल सभापतिमा चयन भएका छन्।
बारपाक सुलिकोट गाउँपालिकामा बुद्धिबहादुर गुरुङ, अजिरकोटमा जीवनाथ ढकाल, सिरानचोकमा खिलबहादुर गुरुङ तथा आरुघाट गाउँपालिकामा कृष्णबहादुर गुरुङ सभापति चयन भएका छन्। उत्तरी गोरखाको धार्चे गाउँपालिकामा किसान गुरुङको नेतृत्वमा कार्यसमिति गठन गरिएको छ।
पालिकास्तरीय अधिवेशन सम्पन्न भएसँगै रास्वपा अब जिल्ला अधिवेशनको तयारीमा जुटेको छ। जिल्ला अधिवेशन यही जेठ २४ गते हुने भएको छ।
पार्टी केन्द्रीय कार्यालयले गोरखा अधिवेशनलाई सफल बनाउन विभिन्न नेताहरूलाई जिम्मेवारी दिएको छ। गोरखा क्षेत्र नं. १ का सांसद सुधन गुरुङ, क्षेत्र नं. २ का सांसद तथा महामन्त्री कविन्द्र बुर्लाकोटी, समानुपातिक सांसद एलिजा गुरुङ, शोभा खनाल, साथै नेताहरू सन्तोष पन्त, हरिशरण आचार्य, ध्रुवप्रसाद दाहाल र कृष्ण थापा जिम्मेवारीमा खटिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने तयारी पनि गरिरहेको छ
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण