गोरखा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत गण्डकी गाउँपालिकाको प्रथम अधिवेशनबाट सभापतिमा नवीन देवकोटा निर्वाचित भएका छन्।
अधिवेशनमा भएको निर्वाचनमा देवकोटाले ५६ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी इन्द्रबहादुर गुरुङलाई ५ मतको अन्तरले पराजित गरेका हुन्। कुल १०९ मत खसेकोमध्ये २ मत बदर भई १०७ मत सदर भएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचित सभापति देवकोटाले करिब १२ वर्ष विदेशमा बिताएको अनुभवका क्रममा विभिन्न देशका कार्यशैली, अनुशासन, सुशासन र विकास मोडेलबारे ज्ञान हासिल गरेका छन्। विगत ३ वर्षदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका उनले उक्त अनुभवलाई स्थानीय तहको संगठन सुदृढीकरण तथा विकास गतिविधि विस्तारमा उपयोग गर्ने लक्ष्य व्यक्त गरेका छन्।
नवनिर्वाचित कार्यसमितिमा उपसभापतिमा हेमा भट्ट, सचिवमा रेशम श्रेष्ठ र सहसचिवमा विशाल गुरुङ चयन भएका छन्। त्यस्तै महाधिवेशन प्रतिनिधिमा सुमन अर्याल (२), प्रदेश प्रतिनिधिमा परशुराम श्रेष्ठ (८) तथा जिल्ला प्रतिनिधिहरूमा अर्जुन अंगाई (३), सुमित गुरुङ (६), केदार पोखरेल (५) र सुजता श्रेष्ठ (८) निर्वाचित भएका छन्।
यसैगरी पालिका सदस्यहरूमा बकिला गौतम (५), ध्रुव ढकाल (४), शुशीला बराम (३), रामचन्द्र रेग्मी (७), मेक बहादुर थापा मगर (५), अमृता घिमिरे (१) र फूलमती सुनार (१) चयन भएका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण