logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

रवि लामिछाने–नरेन्द्र मोदी भेटवार्ता सम्पन्न, नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा जोड

रवि लामिछाने–नरेन्द्र मोदी भेटवार्ता सम्पन्न, नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा जोड


  • बुधबार, जेष्ठ २० २०८३
  • 3.2K
    SHARES

    भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गरेका छन्। भेटवार्ता नयाँ दिल्लीमा सम्पन्न भएको हो।

    भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा भविष्यमा दुई देशबीचका विविध क्षेत्रमा सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको जनाइएको छ। लामिछानेले भ्रमण दलका सदस्यहरूसहित तथा व्यक्तिगत रूपमा पनि भेटवार्ता गरेका थिए।

    भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत लामिछानेसँग भेट्न पाउँदा खुशी लागेको उल्लेख गर्दै साझा र समृद्ध भविष्यका लागि सहकार्य गर्ने उनको इच्छालाई स्वागत गरेका छन्। उनले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत प्राथमिकताप्राप्त साझेदार राष्ट्रका रूपमा उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई अझ उच्च स्तरमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page