logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

काठमाडौँ प्रहरीको कमाण्ड सम्हाले एसएसपी दिलिप घिमिरेले, एसएसपी रमेश थापाको विदाई

काठमाडौँ प्रहरीको कमाण्ड सम्हाले एसएसपी दिलिप घिमिरेले, एसएसपी रमेश थापाको विदाई


  • बिहिबार, जेष्ठ २१ २०८३
  • 3.4K
    SHARES

    काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापा ९ महिनाको कार्यकाल पूरा गरेर बिदा भएका छन् । उहाँको स्थानमा सरुवा भएर आएका एसएसपी दिलिप घिमिरेले काठमाडौं प्रहरीको कमाण्ड सम्हाल्नुभएको छ ।

    एसएसपी थापा जेनजी आन्दोलनपछि गत असोज ५ गते काठमाडौं प्रहरी प्रमुखका रूपमा सरुवा भएर आएका थिए । त्यतिबेला काठमाडौंको सुरक्षा अवस्था निकै चुनौतीपूर्ण बनेको थियो । जेनजी पक्ष र एमालेनिकट भातृ संगठनहरूबीच एकअर्काविरुद्ध उजुरी गर्ने, पक्राउका लागि दबाब दिने जस्ता गतिविधि बढेका थिए ।

    त्यस्तो संवेदनशील अवस्थामा सुझबुझपूर्ण ढंगले निर्णय गर्दै परिस्थितिलाई नियन्त्रणमा राख्न थापाले महत्वपूर्ण भूमिका खेलेको सुरक्षा अधिकारीहरू बताउँछन् । जिम्मेवारी सम्हालेपछि कानुन कार्यान्वयन, नागरिकमा शान्ति सुरक्षाको अनुभूति गराउने, पीडितलाई न्यायको सुनिश्चितता गर्ने तथा प्रहरी–नागरिक सम्बन्धलाई थप सौहार्द बनाउन ‘हाम्रो प्रहरी’ अभियान अन्तर्गत विभिन्न काम गरिएको थापाको भनाइ छ ।

    भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी संरचनाको मर्मत तथा पुनर्निर्माण गरेर नियमित काम कारबाहीलाई अघि बढाइएको थियो । बिग्रँदो सुरक्षा अवस्थालाई लयमा फर्काउन आफूले सक्दो प्रयास गरेको थापाको बुझाइ छ ।

    उनको कार्यकालमा निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापन, एनपीएल क्रिकेट प्रतियोगिताको सुरक्षा, फरार अभियुक्त पक्राउ, टीओबी समूहको पहिचान तथा कारबाही जस्ता महत्वपूर्ण कामहरू सम्पन्न भएका थिए ।

    अब संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षाको जिम्मेवारी एसएसपी दिलिप घिमिरेको काँधमा आएको छ । सुरक्षा दृष्टिकोणले अत्यन्त संवेदनशील मानिने काठमाडौंको कमाण्ड सम्हाल्नु नयाँ नेतृत्वका लागि चुनौतीपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।

    तस्बिरमा हेर्नुहोस्:


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page