काठमाडौं: सगरमाथाको सफल आरोहण गरी इतिहास रच्न सफल आरोही नीलम पौडेललाई सम्मान गर्दै फेसियल हाउसले काठमाडौंमा विशेष बधाई तथा ‘केक सेलिब्रेसन’ कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा सगरमाथा, नेपालको राष्ट्रिय झण्डा तथा फेसियल हाउसको लोगो अंकित केक काटेर नीलम पौडेलको ऐतिहासिक उपलब्धिको खुसीयाली मनाइएको हो। आयोजकका अनुसार नीलमको सफल आरोहण केवल व्यक्तिगत उपलब्धि मात्र नभई समावेशिता, विविधता र मानवअधिकारको दृष्टिले पनि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
नीलम पौडेलले जेठ ९ गते (मे २३, २०२६) का दिन सगरमाथाको चुचुरोमा पुग्दै नेपालको पर्वतारोहण इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी थिइन्। उनी नेपालकै पहिलो ट्रान्स महिला सगरमाथा आरोही बनेकी हुन्।
कार्यक्रममा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले नीलमको साहस, संघर्ष र दृढताले सबैलाई प्रेरित गरेको उल्लेख गर्दै उनको उपलब्धि गर्वको विषय भएको बताइन्। उनले नीलमको निरन्तर प्रयास र आत्मविश्वासकै कारण यो ऐतिहासिक सफलता सम्भव भएको धारणा राखिन्।
सफल आरोहणपछि नीलम पौडेलले आफ्नो सफलता व्यक्तिगत मात्र नभई समाजका सबै संघर्षरत व्यक्तिहरूको साझा उपलब्धि भएको बताउँदै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्। उनले भविष्यमा पनि समावेशी समाज निर्माणमा योगदान गर्ने प्रतिबद्धता जनाएकी छन्।
नीलमको यो उपलब्धिले सगरमाथालाई केवल साहसिक पर्वतारोहणको प्रतीक मात्र नभई मानव अधिकार, पहिचान र समानताको सन्देश दिने ऐतिहासिक उपलब्धिका रूपमा स्थापित गरेको सरोकारवालाहरूले बताएका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान