logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

चोरी मुद्दाका फरार आरुघाटका दुई प्रतिवादी पक्राउ, अदालतको आदेशअनुसार कारागार चलान

चोरी मुद्दाका फरार आरुघाटका दुई प्रतिवादी पक्राउ, अदालतको आदेशअनुसार कारागार चलान


  • बिहिबार, जेष्ठ २१ २०८३
  • 2.8K
    SHARES

    गोरखा — चोरी सम्बन्धी कसुरमा अदालतबाट सजाय तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ।

    जिल्ला प्रहरी कार्यालय गोरखाअन्तर्गतको अपराध अनुसन्धान शाखाले आरुघाट गाउँपालिका–३ निवासी देवबहादुर गुरुङ (देउवा भन्ने) र आशबहादुर गुरुङ (खत्री मिलन भन्ने) लाई पक्राउ गरेको हो।

    गोरखा जिल्ला अदालतको मिति २०८२।०७।२१ गतेको फैसलाअनुसार दुवै जनालाई चोरी कसुरमा जनही १ वर्ष कैद र रु. १० हजार जरिवाना तोकिएको थियो। फैसला पछि फरार रहेका उनीहरूलाई मिति २०८३।०२।२० गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    पक्राउपछि दुवै जनालाई मिति २०८३।०२।२१ गते अदालतमा पेश गरिएको र अदालतको आदेशअनुसार कारागार कार्यालय गोरखामा चलान गरिएको प्रहरीले जानकारी दिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page