गोरखा: २१औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा पालुङटार नगरपालिकाले अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई सम्मान गरेको छ।
नगरपालिकाले सामाजिक रूपान्तरण र जातीय समानताको अभियानमा योगदान पुर्याएको भन्दै चालु आर्थिक वर्षमा विवाह गरेका तीन जोडीलाई कदरपत्रसहित सम्मान गरेको हो।
सम्मानित हुनेहरूमा वडा नं. १ का जेम्स कोइराला र गंगा लामा, वडा नं. ५ का सुजन थापा क्षेत्री र रञ्जिता कुमाल तथा सोही वडाका बरदान श्रेष्ठ र सचिन गुरुङ रहेका छन्।
नगर प्रमुख विवश चिन्तनका अनुसार अन्तरजातीय विवाहले समाजमा समानता, एकता र सद्भावको सन्देश प्रवाह गर्दै सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ।
सोही अवसरमा आयोजित कार्यक्रमअन्तर्गत ‘जातीय भेदभावको व्यवहारिक उन्मूलनमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको थियो। प्रतियोगितामा २० जना विद्यार्थी सहभागी भएका थिए।
गोरखा जिल्लाको पालुङटारमा आयोजित उक्त कार्यक्रमले जातीय विभेदविरुद्धको सन्देशलाई थप प्रभावकारी बनाएको नगरपालिकाले जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान