गोरखा: डिभिजन वन कार्यालय गोरखाको आयोजनामा अजिरकोट गाउँपालिका वडा नं. १ स्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पारिस्थितिकीय महत्व बोकेको नागेपोखरी क्षेत्रमा सिमसार संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धनसम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
अजिरकोट गाउँपालिकाको समन्वयमा सम्पन्न उक्त कार्यक्रमको उद्देश्य सिमसार क्षेत्रको संरक्षण, पर्यापर्यटन विकास, जलवायु परिवर्तनसम्बन्धी सचेतना अभिवृद्धि तथा नागेपोखरीको पारिस्थितिकीय महत्वबारे जानकारी प्रवाह गर्नु रहेको कार्यालयले जनाएको छ।
कार्यक्रमका क्रममा सहभागीहरूलाई सिमसार क्षेत्रको संरक्षणका उपाय, यसको पर्यावरणीय महत्व तथा पर्यापर्यटन विकासका सम्भावनाबारे विस्तृत जानकारी गराइएको थियो।
उक्त कार्यक्रममा अजिरकोट गाउँपालिकाका अध्यक्ष, जिल्लास्थित सञ्चारकर्मी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, डिभिजन वन अधिकृत तथा वन कार्यालयका कर्मचारीलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।
गोरखा जिल्लाका सिमसार क्षेत्र संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धनका गतिविधिहरू स्थानीय तह र सरोकारवालाको सहकार्यमा प्रभावकारी रूपमा अघि बढाइँदै आएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान