आँबुखैरेनी, २२ जेठ — आँबुखैरेनी गाउँपालिकाले उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका दुग्ध उत्पादक कृषकहरूलाई प्रथम तथा दोस्रो चौमासिक अवधिमा उत्पादन गरेको दूधको आधारमा अनुदान रकम वितरण गरेको छ।
गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत कृषकहरूलाई प्रति लिटर दूधमा रु. ६ का दरले अनुदान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
चालु आर्थिक वर्षको प्रथम तथा दोस्रो चौमासिकसम्म गाउँपालिकाभित्रका कृषकहरूले कुल ३ लाख ५९ हजार १९० दशमलव ४ लिटर दूध उत्पादन गरेका छन्। सोही उत्पादनका आधारमा कुल रु. २१ लाख ५५ हजार १४२ दशमलव ४० अनुदान रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार कार्यक्रमले दुग्ध उत्पादन वृद्धि, कृषकहरूको आयआर्जनमा सुधार, कृषि व्यवसायीकरण तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यस अवधिमा सबैभन्दा बढी दूध उत्पादन गर्ने कृषक चोल बहादुर गौली बनेका छन्। उनले कुल १४ हजार ६३५ दशमलव ७ लिटर दूध उत्पादन गरी प्रति लिटर रु. ६ का दरले रु. ८७ हजार ८१४ दशमलव २० अनुदान प्राप्त गरेका छन्। गाउँपालिकाले उनको मेहनत, लगनशीलता तथा व्यावसायिक कृषिप्रतिको समर्पणलाई अन्य कृषकहरूका लागि प्रेरणादायी उदाहरणका रूपमा उल्लेख गरेको छ।
यसैबीच, विश्व दुग्ध दिवसको अवसरमा गाउँपालिका अध्यक्ष शुक्र चुमानले दुग्ध उत्पादन तथा पशुपालन व्यवसायमार्फत गाउँपालिकाको आर्थिक समृद्धिमा योगदान पुर्याउने सम्पूर्ण कृषकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
उनले “दुग्ध उत्पादन बढाऔं, कृषकको आय र गाउँपालिकाको समृद्धि सुनिश्चित गरौं” भन्ने सन्देशसहित कृषकहरूलाई उत्पादन वृद्धि र व्यावसायिक पशुपालनतर्फ थप सक्रिय हुन आग्रह गरेका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान