तनहुँ, बन्दीपुर — बन्दीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत उत्कृष्ट कृषक, कृषि समूह तथा सहकारीलाई सम्मान गर्ने भएको छ।
गाउँपालिकाले जेठ २० गते प्रकाशित सूचनामार्फत सम्मान कार्यक्रममा सहभागी हुन इच्छुक कृषि फर्म, समूह तथा सहकारीलाई आवश्यक कागजातसहित निवेदन पेश गर्न आग्रह गरेको हो।
सूचनाअनुसार आवेदन दिन इच्छुक कृषक, समूह तथा सहकारीले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र गाउँपालिकामा निवेदन दर्ता गराउनुपर्नेछ।
आवेदनका लागि अनुसूची–३ र अनुसूची–४ बमोजिमको निवेदन, वडा कार्यालयको सिफारिस पत्र, नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाण (लालपुर्जा) को प्रतिलिपि तथा कृषि फर्म, समूह वा सहकारीको दर्ता एवं नवीकरण प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाइएको छ।
गाउँपालिकाले कृषिक्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने कृषक, समूह तथा सहकारीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर के.सी.द्वारा हस्ताक्षरित सूचनामा योग्य कृषक, समूह तथा सहकारीलाई समयमै आवेदन दिन अनुरोध गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान