logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

विश्व वातावरण दिवसमा तनहुँमा वृक्षारोपण गरियाे

विश्व वातावरण दिवसमा तनहुँमा वृक्षारोपण गरियाे


  • शुक्रबार, जेष्ठ २२ २०८३
  • 2.4K
    SHARES

    दमौली, जेठ २२ । विश्व वातावरण दिवस २०८२ को अवसरमा तनहुँमा वृक्षारोपण गरिएको छ । सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको साझा संस्था कर्मचारी मिलन केन्द्र, तनहुँको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
    व्यास नगरपालिका–४ स्थित बाघभञ्ज्याङ क्षेत्रमा आयोजित कार्यक्रम कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा डिभिजन वन अधिकृत मनोज रानाभाटको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले प्रमुख अतिथि तथा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
    प्रमुख जिल्ला अधिकारी तथा कर्मचारी मिलन केन्द्रका संरक्षक शिवलाल तिवारीको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष मनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी, बाघभञ्ज्याङ सामुदायिक वनका पदाधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, जिल्ला प्रहरी कार्यालयका नेपाल प्रहरी र वन रक्षक टोलीको उपस्थिति रहेको थियो।
    कार्यक्रममा वातावरण संरक्षण, हरित क्षेत्र विस्तार तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा वृक्षारोपणको महत्वपूर्ण भूमिका रहने विषयमा चर्चा गरिएको थियो। सहभागीहरूले वातावरण जोगाउन वृक्षारोपणलाई अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
    विभिन्न प्रजातिका बिरुवा रोपिएको उक्त कार्यक्रमको सञ्चालन भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका प्रमुख दिवाकर पौडेलले गरेका थिए। विश्व वातावरण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

    S


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page