गोरखा, असार ५ — विश्व वातावरण दिवस २०८३ को अवसरमा “प्रकृतिबाट प्रेरित, जलवायुका लागि, हाम्रो भविष्यका लागि।” भन्ने मूल नारासहित गोरखामा विभिन्न वातावरणीय कार्यक्रम सम्पन्न गरिएको छ।
डिभिजन वन कार्यालय, गोरखाको आयोजना, क्लिन गोरखाको सह-आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा आज बसपार्क र ठूलो आँगन क्षेत्रमा फूलका बिरुवा रोपेर सौन्दर्यीकरण गरिएको छ। साथै स्थानीयवासीलाई वातावरणमैत्री (Biodegradable) झोलाहरू समेत वितरण गरिएको छ।
उक्त कार्यक्रमले हरियाली प्रवर्द्धन, सार्वजनिक स्थलको सौन्दर्यीकरण तथा वातावरणीय सचेतना अभिवृद्धिमा योगदान पुर्याउने उद्देश्य राखिएको जनाइएको छ।
यसै अभियानको निरन्तरता स्वरूप भोलि (शनिबार) बिहान ७:३० बजे गोरखा बसपार्कमा भेला भई नेपाल आर्मी, सशस्त्र प्रहरी बल (APF), नेपाल प्रहरी, डिभिजन वन कार्यालय तथा क्लिन गोरखाको संयुक्त नेतृत्वमा ऐतिहासिक गोरखा दरबार हाइकिङ ट्रेल र रानीवन क्षेत्रमा वृहत् सरसफाइ कार्यक्रम आयोजना गरिने भएको छ।
उक्त कार्यक्रममा जनप्रतिनिधि, सञ्चारकर्मी तथा सम्पूर्ण नगरवासीहरूलाई सक्रिय सहभागिताका लागि सम्बन्धित निकायले आग्रह गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण