logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

लमजुङमा ७६औँ अन्नपूर्ण हिमाल आरोहण दिवस: पदमार्ग तथा पर्यटकीय गन्तव्य प्रवर्द्धन कार्यक्रम सम्पन्न

लमजुङमा ७६औँ अन्नपूर्ण हिमाल आरोहण दिवस: पदमार्ग तथा पर्यटकीय गन्तव्य प्रवर्द्धन कार्यक्रम सम्पन्न


  • शुक्रबार, जेष्ठ २२ २०८३
  • 2.8K
    SHARES

    लमजुङ: ७६औँ अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्जाङको लामा गाउँमा आयोजित पदमार्ग तथा पर्यटकीय गन्तव्य प्रवर्द्धन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    जेठ २० र २१ गते (जुन ३–४, २०२६) सञ्चालन भएको कार्यक्रममा “जलवायु परिवर्तन (ग्लोबल वार्मिङ), पर्वतीय पर्यटन र स्थानीय वातावरणमा परेको प्रभाव” विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।

    कार्यक्रम ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल प्रमुख अतिथि रहिन्।

    त्यस्तै दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, दुधपोखरी गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङ तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल विशेष अतिथिका रूपमा सहभागी थिए।

    कार्यक्रममा अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धन, पदमार्ग विकास, जलवायु परिवर्तनका चुनौती तथा वातावरण संरक्षणका विषयमा गहन छलफल गरिएको आयोजकले जनाएको छ।

    टान गण्डकीको आयोजनामा भएको कार्यक्रम दोर्दी गाउँपालिकाको समन्वय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) को सहकार्य तथा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सम्पन्न भएको हो।

    आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै निकाय, अतिथि, सहभागी तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्दै पर्यटन, वातावरण संरक्षण र स्थानीय समृद्धिको अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page