गोरखा: विश्व वातावरण दिवस २०२६ को अवसरमा मनास्लु संरक्षण क्षेत्र आयोजना (MCAP) द्वारा चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित बुद्ध माध्यमिक विद्यालयमा वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
संरक्षण शिक्षा कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमको उद्देश्य वातावरण संरक्षण तथा प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनप्रति विद्यार्थीहरूलाई जिम्मेवार र सचेत बनाउनु रहेको MCAP ले जनाएको छ।
कार्यक्रमअन्तर्गत जलवायु परिवर्तनका असर, स्थानीय समुदाय तथा वातावरणमा परेको प्रभाव, समाधानका उपाय तथा न्यूनीकरणमा युवापुस्ताले खेल्न सक्ने भूमिकाबारे समूहगत छलफल तथा प्रस्तुतीकरण गरिएको थियो। विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्ना धारणा प्रस्तुत गरेका थिए।
MCAP का अनुसार कार्यक्रमले विद्यार्थीहरूमा जलवायु परिवर्तनसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षणमा युवाहरूको जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
आयोजनाले विद्यार्थीहरूको सक्रिय सहभागिता, सिर्जनशील सोच तथा वातावरणप्रतिको प्रतिबद्धताले आफूहरूलाई थप उत्साहित बनाएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले भविष्यका संरक्षणकर्मी तथा जिम्मेवार नागरिक तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
यस वर्षको विश्व वातावरण दिवसको सन्देश ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ लाई कार्यक्रममार्फत विशेष रूपमा प्रवाह गरिएको थियो।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण