गोरखा: गोरखा जिल्लास्थित सिरानचोक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का स्वीकृत कार्यक्रम अन्तर्गत वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालका अनुसार प्रतियोगिता २०८३ साल जेठ ३० र ३१ गते चित्रपोखरी चौर, वडा नं. ५ मा सञ्चालन हुनेछ।
प्रतियोगितामा गाउँपालिकाका आठवटा वडाबाट प्रत्येक वडाको एक–एक टिमको सहभागिता रहनेछ। गाउँपालिकाले यस प्रतियोगितालाई आगामी वर्षदेखि वार्षिक कार्यक्रममै समावेश गर्ने योजना रहेको पनि प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुने टिमले रु. ३० हजार, द्वितीय हुने टिमले रु. २० हजारसहित प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गर्नेछन्। साथै, प्रतियोगिता आयोजना गर्ने वडालाई विशेष रूपमा आयोजक ट्रफी प्रदान गरिनेछ।
गाउँपालिकाले यस प्रतियोगिताले स्थानीय खेल प्रतिभाको विकास, युवाहरूको खेलप्रति आकर्षण वृद्धि तथा आपसी सद्भाव र एकता मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल