काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ।
गृहमन्त्री सुधन गुरुङले शुक्रबार डीआईजीहरू गोविन्द थपलिया, ओम राना, सानुराम भट्टराई र ओम अधिकारीको सरुवा गर्ने निर्णय गरेका हुन्।
निर्णयअनुसार मधेश प्रदेशमा कार्यरत डीआईजी गोविन्द थपलियालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा कार्यरत डीआईजी ओम रानालाई प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा पठाइएको छ।
त्यस्तै, डीआईजी सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने डीआईजी ओम अधिकारीलाई मधेश प्रदेश प्रहरी कार्यालयमा खटाइएको छ।
गृह मन्त्रालयको निर्णयअनुसार गरिएको उक्त सरुवापछि सम्बन्धित डीआईजीहरू नयाँ जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी