काठमाडौँ — गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु हिमाल सफलतापूर्वक आरोहण गर्ने गोरखाली आरोहीहरूलाई सम्मान गरेको छ। बुधबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा मनास्लु आरोहणमा महत्वपूर्ण योगदान पुर्याउने आरोहीहरू तथा विभिन्न संघ–संस्थालाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा फुन्जो जाङ्मु लामा, दिकी ल्हामु लामा, पूर्णिमा श्रेष्ठ, पूर्णबहादुर गुरुङ, युक्त गुरुङ, हरिबहादुर गुरुङ, रमेश गुरुङ, नवराज गुरुङ, पाल्सङ रिम्पोछे, सेदार रिन्पोछे र लामा जिग्मे रहेका छन्।
त्यसैगरी नेपाल पर्वतारोहण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष र मनास्लु संरक्षण क्षेत्र आयोजना लाई पनि सम्मान गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।
अध्यक्ष लामाका अनुसार हालसम्म ३,७४२ जना स्वदेशी तथा विदेशी आरोहीले मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरिसकेका छन्। विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु हिमाल पहिलो पटक सन् १९५६ मे ९ मा जापानी र भारतीय आरोहीले आरोहण गरेका थिए भने सन् १९७३ मा पहिलो नेपाली आरोही उर्केन छिरिङ शेर्पाले सफल आरोहण गरेका थिए।
हिमाल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा सामागाउँमा ‘मनास्लु डे’ भव्य रूपमा मनाइएको पनि गाउँपालिकाले जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान