logo

आइतबार, साउन १७ २०८३

kantipurpationlinetv

२०८३ साउन १७ आइतबार

सिरानचोक गाउँपालिकाको प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न, वडा नं. ८ विजेता

सिरानचोक गाउँपालिकाको प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न, वडा नं. ८ विजेता


  • मंगलबार, असार २ २०८३
  • 4.9K
    SHARES

    गोरखा: सिरानचोक गाउँपालिकाद्वारा आयोजित प्रथम वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा वडा नं. ८ विजेता बन्न सफल भएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अन्तर्गत आयोजित उक्त प्रतियोगिता २०८३ साल जेठ ३० र ३१ गते सिरानचोक–५ स्थित चित्रपोखरी चौरमा सञ्चालन गरिएको थियो। प्रतियोगितामा गाउँपालिकाका आठवटा वडाबाट एक–एक टिमको सहभागिता रहेको थियो।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालका अनुसार प्रतियोगिताले स्थानीय खेल प्रतिभाको विकास, युवाहरूको खेलप्रति आकर्षण वृद्धि तथा आपसी सद्भाव र एकता मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page