गोरखा — मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना (जीबीसीआरपी) अन्तर्गत चुमनुब्री गाउँपालिका–३ मा जैविक कम्पोस्ट निर्माणसम्बन्धी तालिम सम्पन्न गरेको छ।
किसान तथा आमा समूहका १५ जना सहभागी रहेको तालिममा आक्रामक वनस्पतिबाट जैविक कम्पोस्ट उत्पादन गर्ने विधि, कम्पोस्ट बिनको प्रयोग तथा व्यवस्थापन, कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तथा रासायनिक मलको अत्यधिक प्रयोगबाट माटो र वातावरणमा पर्ने असरबारे जानकारी प्रदान गरिएको थियो।
तालिमका क्रममा सहभागीहरूलाई जैविक कम्पोस्ट निर्माणसम्बन्धी व्यवहारिक अभ्याससमेत गराइएको थियो। स्थानीयस्तरमा उपलब्ध स्रोत–साधनको उपयोग गर्दै जैविक मल उत्पादनलाई प्रवर्द्धन गर्ने, रासायनिक मलप्रतिको निर्भरता घटाउने तथा वातावरणमैत्री कृषि अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजनाले जनाएको छ।
तालिम समापनसँगै सहभागी किसान तथा आमा समूहलाई कम्पोस्ट बिन, पानी हाल्ने पाइप, गमबुट, पञ्जा तथा हजारी हस्तान्तरण गरिएको थियो।
मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार जलवायु परिवर्तनका असरप्रति स्थानीय समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्दै दिगो कृषि प्रणाली विकासमा टेवा पुर्याउने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण