गोरखा । आरुघाट गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ५९ करोड २६ लाख ५५ हजार ६ सय १७ बराबरको कुल अनुमानित बजेटसहित नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
गाउँसभाबाट स्वीकृत नीति तथा कार्यक्रम तथा बजेटले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार प्रवर्द्धन तथा स्थानीय आर्थिक विकासलाई प्राथमिकतामा राखेको छ। गाउँपालिकाले उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालनमार्फत नागरिकको जीवनस्तर सुधार र दिगो विकासलाई जोड दिएको जनाएको छ।
यसै अवसरमा गाउँपालिका भित्र कृषि तथा पशुपालन क्षेत्रलाई आफ्नो मुख्य पेशा बनाई समाजमा उदाहरणीय योगदान पुर्याउनुभएका कृषकहरूलाई उत्कृष्ट कृषक का रूपमा सम्मान गरिएको छ। सम्मानित कृषकहरूको योगदानले स्थानीय उत्पादन वृद्धि, कृषि व्यवसायीकरण तथा अन्य कृषकहरूलाई प्रेरणा प्रदान गरेको भन्दै गाउँपालिकाले कदर व्यक्त गरेको छ।
गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रको विकास र किसानको आयआर्जन अभिवृद्धिका लागि आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण