गोरखा । भिमसेनथापा गाउँपालिकाको गाउँसभाको १८औँ अधिवेशन गाउँपालिका अध्यक्ष तथा गाउँसभाका सभाध्यक्ष लोक प्रसाद बञ्जाराको अध्यक्षतामा गाउँपालिकाको भिमसेनथापा सभाहलमा सम्पन्न भएको छ।
अधिवेशनमा अध्यक्ष बञ्जाराले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ। त्यसैगरी, आगामी आर्थिक वर्षका लागि कुल रु. ५६ करोड ३८ लाख ४७ हजार ८ सय ३५ रुपैयाँ ६० पैसा बराबरको बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ समेत सर्वसम्मत रूपमा पारित भएको छ।
गाउँपालिका उपाध्यक्ष अमृता देवी भट्ट (वस्ती) ले सम्मानित सभासमक्ष बजेट तथा सम्बन्धित विधेयकहरू प्रस्तुत गर्नुभएको थियो भने आर्थिक विकास समितिका संयोजक होम बहादुर बरामुले प्रस्तावको समर्थन गर्नुभएको थियो।
अधिवेशनमा उपाध्यक्ष भट्टले न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा स्थानीय राजस्व परामर्श समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै गाउँसभा अन्तर्गत गठित लेखा समिति, सुशासन समिति र विधायन समितिका संयोजकहरू राम प्रसाद पाण्डे, मालती ढकाल तिवारी तथा होम बहादुर बरामुले आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो।
त्यसैगरी, गाउँ कार्यपालिका अन्तर्गतका सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति, आर्थिक विकास समिति तथा सेवा प्रवाह, सुशासन तथा संस्थागत क्षमता विकास समितिका प्रतिवेदन सम्बन्धित समितिका संयोजकहरू नारायण श्रेष्ठ, विकास श्रेष्ठ, नारायण प्रसाद भट्टराई, होम बहादुर बरामु र गोपाल विकद्वारा सभामा प्रस्तुत गरिएको थियो। प्रस्तुत सबै प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित भएका छन्।
अधिवेशनको समापन गर्दै गाउँसभा सभाध्यक्ष एवं गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जाराले गाउँसभा सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने सम्पूर्ण गाउँसभा सदस्य, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमार्फत गाउँपालिकाको समग्र विकास र समृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान