गोरखा । धार्चे गाउँपालिकाको २०औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ४८ करोड ९२ लाख २९ हजार बराबरको अनुमानित बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ।
बुधबार सम्पन्न गाउँसभाको पहिलो बैठक गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा बसेको थियो। बैठकमा अध्यक्ष गुरुङले आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलपछि गाउँसभाले सर्वसम्मत रूपमा पारित गरेको गाउँपालिकाले जनाएको छ।
त्यसैगरी, गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गरेकी थिइन्। प्रस्तुत बजेट, विनियोजन विधेयक, २०८३ तथा आर्थिक विधेयक, २०८३ माथि छलफल गरी गाउँसभाले स्वीकृत गरेको हो।
गाउँसभाले गाउँ कार्यपालिकाबाट विभिन्न समयमा पारित गरिएका कानुनहरू समेत अनुमोदन गरेको छ। स्वीकृत बजेट तथा नीति कार्यक्रममा गाउँपालिकाको पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, सेवा प्रवाह सुधार, सुशासन तथा स्थानीय आर्थिक विकासलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले स्वीकृत नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकका आवश्यकता सम्बोधन गर्दै गाउँपालिकाको समग्र विकासलाई थप गति दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
गाउँपालिकाले आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रमलाई समयमै कार्यान्वयन गरी स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै समृद्ध धार्चे निर्माणको लक्ष्य अघि बढाउने जनाएको छ।
-
गायक सचिन भट्टराई ‘राष्ट्रिय युवा कलाकारिता सम्मान–२०२६’ बाट सम्मानित
-
जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग शिष्टाचार भेट
-
मर्स्याङ्दी गाउँपालिकाको ६८ करोड ७३ लाख रुपैयाँ बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
-
शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ काठमाडौंमा लोकार्पण
-
मनसुनजन्य विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौँ : गृहमन्त्री गुरुङ