logo

मंगलबार, असार १६ २०८३

kantipurpationlinetv

२०८३ असार १६ मंगलबार

सिरानचोकमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न

सिरानचोकमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न


  • मंगलबार, असार १६ २०८३
  • 63
    SHARES

    गोरखा । “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ गोरखाको सिरानचोक गाउँपालिकामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ सम्पन्न भएको छ।

    किसानको मनोबल अभिवृद्धि, कृषि पेशाप्रति सम्मान तथा धान उत्पादन वृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय कृषक, आमा समूह, बाजा समूह, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ।

    कार्यक्रममा परम्परागत रोपाइँ संस्कृतिको संरक्षणसँगै जलवायुमैत्री कृषि प्रविधिको प्रयोग, धान उत्पादन वृद्धि र आत्मनिर्भर कृषि प्रणाली निर्माणका विषयमा जोड दिइएको थियो।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालका अनुसार यस वर्ष सिरानचोक गाउँपालिकामा गत वर्षको तुलनामा बढी क्षेत्रफलमा धान खेती हुने अपेक्षा गरिएको छ।

    उनका अनुसार धानबालीमा देखिन सक्ने रोग, कीरा तथा अन्य सम्भावित प्रकोपको प्रभावकारी व्यवस्थापनका लागि कृषि विकास शाखाले आवश्यक प्राविधिक सेवा तथा द्रुत प्राविधिक सहयोग उपलब्ध गराउने तयारी गरेको छ।

    गाउँपालिकाले कृषि उत्पादन वृद्धि, किसानमैत्री सेवा प्रवाह तथा आधुनिक कृषि प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवले कृषिप्रति सम्मान अभिवृद्धि गर्नुका साथै कृषकलाई उत्पादनमुखी कृषि प्रणालीतर्फ प्रोत्साहित गर्ने विश्वास गाउँपालिकाको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page