गोरखा: शहिद लखन गाउँपालिकामा सोमबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। पिपलछाप खेलमैदानमा सुरु भएको प्रतियोगितामा पालिकाभित्रका ११ विद्यालय सहभागी छन् भने कुल २८ विधाका खेल सञ्चालन हुनेछन्। पहिलो दिन लङ जम्प, सर्टपुट, दौडलगायत १० विधाका प्रतिस्पर्धा सम्पन्न भएका छन्।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले गरेका हुन्। कार्यक्रममा पालिकाले उत्कृष्ट खेलाडीहरूलाई सम्मान पनि गरेको छ। दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण विजेता अर्पण थापा मगरलाई ७० हजार रुपैयाँ र कास्य विजेता स्मृति गुरुङलाई ४० हजार रुपैयाँसहित सम्मान गरिएको छ। साथै, प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण जित्ने श्रृष्टी श्रेष्ठ र अमृत राना मगरलाई पनि कदरपत्र र दोसल्लासहित सम्मान गरिएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने